काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद् पुनर्स्थापनासम्बन्धी बहसलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्। पार्टी संस्थापनसँग असहमति जनाउँदै आएका बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वोच्च अदालतप्रति कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, “संसद् पुनर्स्थापनाको आशामा सर्वोच्चले हिउँ नै वर्षाएछ।” साथै उनले अब अनावश्यक तर्कमा अल्झिनुभन्दा जनमत सङ्कलनतर्फ ध्यान दिनुपर्ने संकेत पनि गरेका छन्।

आगामी निर्वाचनमा सम्भावित गठबन्धनको चर्चालाई लिएर समेत बास्कोटा चुप रहेनन्। “गठबन्धन नेताबीच हुन्छ, जनतासँग मनको गठबन्धन हुन्छ,” भन्दै उनले गठबन्धनले जनताको विश्वास तोड्न सजिलो नहुने टिप्पणी गरे। अन्त्यमा भने उनले राजनीतिक खेलमा ‘म्याच फिक्सिङ’ को सम्भावना बाँकी नै रहेको तिखो संकेतसमेत गरेका छन्।