काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

सिरहा। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो।

अभियुक्तद्वयले कल्याणपुर गनरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो।

गत पुस २० गते त्यहाँ पुर्याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए।

पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको प्रहरीले जनाएको छ।

अभियुक्तहरूले पीडितको परिवारबाट रु दुई लाख १७ हजार २०० र मरिकको साथबाट ३० हजार भारु असुल गरेका थिए।