काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
तस्बिर: एनआई
अ+
अ-

काठमाडौं। मुम्बई विमानस्थलमा मंगलबार साँझ करिब साढे सात बजे एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।

मुम्बई विमानस्थलमा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ तर्फ पार्किङ अवस्थामा रहेको र उडानका लागि रनवेतर्फ जानुअघि इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेका बेला ठोक्किएको थियो।

दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगेको छ भने यात्रुहरु सबै सकुशल रहेको जनाइएको छ।

घटनापछि भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले विज्ञप्ति गर्दै ३ फेब्रुअरी २०२६ मा मुम्बई विमानस्थलमा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ तर्फ पार्किङ अवस्थामा रहेको र उडानका लागि रनवेतर्फ जानुअघि इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेका बेला ठोक्किएको जानकारी दिएको छ।

घटनापछि दुवै विमानलाई प्राविधिक जाँचका लागि पठाइएको जनाइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाका प्रवक्ताले फ्लाइट एआई २७३२ मुम्बईबाट भारत तमिलनाडुको कोयम्बटूर जाँदै गर्दा उक्त्त घटना भएको र थप प्राविधिक जाँचका लागि रोकिएको छ।

एयर इन्डिया र इन्डिगो दुवै एयरलाइन्सका प्रवक्ताले विज्ञप्ति निकालेर घटनाको पुष्टि गर्दै प्राविधिक जाँच भइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।