काठमाडौँ ।आईसीसी टी-२० विश्वकप अघि नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
बिहीबार खेल चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो १:१५ मा सुरु हुनेछ। नेपालले यसअघि पहिलाे वामअर्प खेलमा युएईलाई ७ विकेटले हराएको थियाे।
यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएकाे हाे। नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।