काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अ+
अ-

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापास्थित सम्पर्क कार्यालयमा तोडफोड भएको छ । कमल गाउँपालिका–२ मा रहेको कार्यालयको झ्यालको सिसा बुधबार मध्यराति अज्ञात व्यक्तिहरूले फुटाएका हुन् ।

कमल गाउँपालिका रास्वपाका सभापति केदार चापागाइँका अनुसार रातिको समयमा कार्यालयको झ्यालमा क्षति पुर्‍याइएको जानकारी प्राप्त भएको हो । चुनावलाई लक्षित गर्दै स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर पार्टीले उक्त सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो ।

रास्वपाले झापा क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन शाहलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको सन्दर्भमा घटना भएकोले यसलाई गम्भीर रूपमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे जानकारी पाएको र दोषी पहिचानका लागि अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।