काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन्।
चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका लामिछाने चुनाव प्रचार प्रसारकालागि आज बिहीबार चितवन पुगेका हुन्। खुट्टामा संक्रमण भएपछि काठमाडौंमै आराम गरिरहेका लामिछाने फागुन २१ को निर्वाचनको तयारीका लागि आज बल्ल चितवन पुगेका हुन्।
माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुँदा लामिछानेको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।