साताको सेयरबजार
तीन कम्पनीका सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से २७.१९ अंकले बढेको छ। आज तीन कम्पनीका सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’ लाग्यो। कारोबार रकम साढे ११ अर्ब नाघ्यो।
आइतबार १९.८५ अंकले घटेको नेप्से सोमबार १.५३ अंकले बढेको थियो। मंगलबार भने १२.५८ अंकले घटेको थियो। नेप्से बुधबार पनि १.६४ अंकले घटेको थियो।
अघिल्लो कारोबार दिनको तुलनामा आज (बिहीबार) १.०१ प्रतिशतले बढेको नेप्से २‚७०८.७० विन्दुमा अडिएको छ। समग्रमा यो साता नेप्से आइतबार‚ मंगलबार र बुधबार घट्यो भने सोमबार र बिहीबार बढ्यो।
नेप्सेमा बिहीबार २०१ कम्पनीको मूल्य बढ्दा ५५ कम्पनीको घट्यो भने चार कम्पनीका सेयरमूल्य स्थिर
सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेर ४६०.४८ विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.९८ प्रतिशतले बढेको छ। नेप्सेमा बिहीबार ३२६ कम्पनीको एक लाख आठ हजार ८१७ पटकको कारोबारमा तीन करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच भए। जसमा बिहीबार ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८० रुपैयाँको कारोबार भयो।
नेप्सेमा आइतबार नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको थियो भने सोमबार आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६७० रुपैयाँको कारोबार भयो। यस्तै मंगलबार आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको कारोबार भएको नेप्सेमा बुधबार सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा व्यापारबाहेक सबै १२ समूहको कारोबार भएको थियो। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.५६‚ विकास बैंक ०.९२‚ फाइनान्स ०.४८‚ होटेल तथा पर्यटन ०.२२‚ जलविद्युत् समूह १.६६‚ लगानी समूह १.२३ प्रतिशतले बढेका छन्।
यस्तै जीवन बिमा १.११‚ उत्पादन तथा प्रशोधन समूह ०.७४‚ लघुवित्त समूह ०.६०‚ म्युचुअल फन्ड ०.५७‚ निर्जीवन बिमा समूह १.९८ प्रतिशतले बढ्यो। यस्तै अन्य समूह १.९८ प्रतिशतले बढ्यो भने व्यापार समूह ०.४८ प्रतिशतले घट्यो।
नेप्सेमा बिहीबार २०१ कम्पनीको मूल्य बढ्दा ५५ कम्पनीको घट्यो। चार कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८० रुपैयाँको कारोबार
दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार तीनवटा कम्पनीका सेयरलगानीकर्ताले १० प्रतिशतले कमाए। अर्थात् ‘पोजेटिभ सर्किट’ लाग्यो। पोजेटिभ सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड‚ मोदी इनर्जी लिमिटेड छन्।
यस्तै बिहीबार सबैभन्दा सुपर मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५४.९८ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ४.९४ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेड रह्यो। बिहीबार यसको ५८ करोड ७७ लाख ६३ हजार ८६२ रुपैयाँको कारोबार भएको छ। युनियन हाइड्रोपावरको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ कायम रह्यो।