काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाईंलाई प्रहरीले शुक्रबार चाल्नाखेलबाट पक्राउ गरेको हो। प्रशासनले अनुमति नदिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज जाँदै गरेका प्रसाईं बाटोबाटै पक्राउ परेका हुन्।
यसअघि उनी पोखराबाट पक्राउ परेका थिए। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा पक्षले निर्वाचन आयोगमा ५२ करोड रुपैयाँ बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि आयोगको पत्रका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
निर्वाचन भाँड्न सक्ने भन्दै सुरक्षाकर्मीले प्रसाईंमाथि निगरानी बढाएको छ।