काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
अ+
अ-

ललितपुर। राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राखेका छन्।

‘बद्लियो कांग्रेस‚ बदल्छौँ देश’ भन्ने नाराका साथ आज (शुक्रबार) नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयक कार्यक्रममा सङ्ग्रौलाले नेपालमा नागरिक अधिकारको प्राप्ति हुनुअगाडि नै नेपाली कांग्रेसको जन्म भएको हो र नेपाली कांग्रेसले मात्रै नागरिक अधिकारका लागि सत्ता स्वार्थलाई टाढै राखेर योगदान गरेको उल्लेख गरे।

“नेपाली कांग्रेसकै अगुवाइमा नागरिक अधिकार र लोकतान्त्र प्राप्त भएको हो, कांग्रेसको स्वार्थ नागरिक अधिकार लोकहित हो। नेपाली कांग्रेसमा लोकतान्त्रिक अभ्यास र भिन्न मत राख्ने अवसर र परम्परा छ। कांग्रेस उदारवाद लोकतान्त्रिक पार्टी हो‚” उनले भने। उनले विशेष महाधिवेशनले पार्टीलाई नयाँ बनाएको उल्लेख गर्दै अबको नयाँ नेतृत्वले के गर्छ भनेर परिणाममा हेर्नुपर्ने बताए।

“गगन र विश्वप्रकाशको नेतृत्वमा भएको परिवर्तन जेन-जी आन्दोलनको परकम्प हो। राजनीतिमा गगन र विश्वप्रकाशलाई मैले गुरु मान्नुपर्छ। गगन र विश्वप्रकाशको अग्रगमनमा नेपाली कांग्रेस नयाँ भएको छ‚” उनले भने।