आईसीसी टी-ट्वेन्टी विश्वकप
इङ्ल्यान्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाउँदा जोश बटलर २६ रनमा आउट
काठमाडौं। ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकसँगै इङ्ल्यान्डले आईसीसी टी-ट्वेन्टी विश्वकपमा नेपाललाई १८५ को विशाल लक्ष्य दिएको छ।
मुम्बई वानखेडे मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
इङ्ल्यान्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए। ३५ बल खेलेका उनले समान ४ चौका र छक्का प्रहार गरे। ह्यारी ब्रुकले ३२ बलमै ४ चौका र ३ छक्कासहित ५३ रन बनाए।
जोश बटलर २६ रनमा आउट हुँदा विल ज्याक्स ३९ रनमा अविजित रहे।
नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट राखे।
यो पनि…