काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
अ+
अ-

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पुथा उत्तरगंगा गाउँपालिका ६‚ मयाङमा मतदाताहरूसँग भेट गरेका छन्।

उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताए। “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक म विकासका लागि तपाईंहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु। मत दिएर विजयी गराउनुहोला‚” उनले भने।

यो पनि…

नेकपाले आयोगमा बुझायो चुनावी प्रतिबद्धता-पत्र [पूर्ण पाठसहित]

उनले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए। “म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ‚” उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय बासिन्दाले दाहाललाई स्वागत गरेका थिए।