काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन ढाका जाने भएका छन्।
परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज (सोमबार) विज्ञप्तिमार्फत जानकारी दिएको छ।
परराष्ट्रमन्त्री शर्माका आज (सोमबार) ढाका जानेछन्। उनको साथमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी रहनेछन्। उनी यही ७ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।