काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन २७ फागुनमा हुने भएको छ।

एन्फाले सोमबार आगामी केन्द्रीय निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि निर्वाचन प्रक्रिया यथास्थितिमा राख्दै कार्यक्रम स्थान र मितिसहित कार्यतालिका संशोधन गरिएको एन्फाले जनाएको छ।

संशोधित तालिकाअनुसार मताधिकार प्रतिनिधि तथा प्रतिनिधिहरूको विवरण एन्फा सचिवालयले ५ फागुनमा निर्वाचन समितिलाई बुझाउनेछ।

‘अडिट एन्ड कम्प्लायन्स समिति’बाट उम्मेदवारहरूको सदाचार परीक्षणसम्बन्धी निर्णय तथा निर्वाचन समितिबाट उम्मेदवारहरूको सामर्थ्य कागजात परीक्षणसम्बन्धी निर्णय ७ फागुनमा हुने जनाइएको छ।

उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरूको नामावली ८ फागुनमा प्रकाशन गरिनेछ भने दाबी-विरोध गर्ने अन्तिम मिति १४ फागुन तोकिएको छ।

पुनरावेदन समितिको निर्णय १५ फागुनमा हुने र दाबी-विरोधपछि अन्तिम नामावली १६ फागुनमा प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।