सुनसरी। सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
इटहरीको मुख्य चोकबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकल चलाइरहेका मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठलाई मंगलबार साँझ ५:५० बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
प्रहरीका अनुसार श्रेष्ठको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।