काठमाडौँ । चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन शाह स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् ।
उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । अबका दिनपछि उनी आफू उम्मेदवार रहेको झापा–५ का कार्यक्रममै व्यस्त रहने भएका छन् ।
चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि त्यसपछिका कार्यक्रम स्थगित गरी उनी काठमाडौँ फर्किएका थिए । खाना अपच भएर बान्ता हुने, पेट दुख्ने र रक्तचाप बढेका कारण उनी चुनावी कार्यक्रमबाट फर्किएका हुन् ।
काठमाडौँमा दुई दिनको उपचारपछि घरमै आराम गरेका उनी पूर्णतः स्वस्थ्य भएका छन् ।