गोरखा। गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको छ।
गोरखा नगरपालिका १२‚ दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्कर दिँदा लामाको मृत्यु भएको हो।
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना.५ख ५०३० नम्बरको बसले ठक्कर दिँदा सख्त घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।
उनका अनुसार प्रहरीले चालक र सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।