काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अध्ययनका लागि उपकरण लाँदै गरेका वैज्ञानिकहरू। तस्बिर : गाजोउई स्चोस
अ+
अ-

नयाँदिल्ली। भारतीय तटरक्षक दलले भारतीय विशेष आर्थिक क्षेत्रमा रहेको डुंगाबाट चार इरानीसहित डुंगा नियन्त्रणमा लिएको छ। साथै भारतीय तटरक्षकले डुंगाबाट विदेशी ब्रान्डका एक लाख प्याकेट चुरोट पनि बरामद गरेको छ।

ती चुरोटका मूल्य साढे दुईदेखि पाँच करोडसम्म पर्ने अनुमान छ। भारतीय तटरक्षक दलले विज्ञप्तिमा लेखेको छ, “२१ फेब्रुअरीमा भारतीय तटरक्षक दलको जहाजले भारतीय विशेष आर्थिक क्षेत्र भित्र एउटा शंकास्पद विदेशी डुंगा रोक्यो। डुंगाको नाम अल मुख्तार थियो र त्यसमा चार इरानी चालक दलका सदस्यहरू थिए।”

तटरक्षक दलले डुंगामा भेटिएका विदेशी ब्रान्डका चुरोटका बारेमा पनि जानकारी दिएको छ। “खोजी गर्दा दुई सयवटा कार्टुन फेला परे। जसमा लगभग एक लाख प्याकेट विदेशी ब्रान्डका चुरोट लुकाइएका थिए। अन्तर्राष्ट्रिय बजारमा उक्त कन्साइनमेन्टको मूल्य लगभग साढे दुईदेखि पाँच करोड रुपैयाँ हुने अनुमान गरिएको छ।”

भारतीय तटरक्षक दलले थप अनुसन्धान र सम्बन्धित एजेन्सीहरूसँग सोधपुछका लागि डुंगा पोरबन्दर लगिएको जानकारी दियो। यो कारबाही द्वारकाको समुद्रको पश्चिमी भागमा भएको थियो।