स्याङ्जा । स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका ५ नगरपालिका र ३ गाउँपालिकामा स्थानीय सरकारले आज एक दिन सार्वजनिक बिदा दिएका हुन् । ३ पालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।
मगर जातिको बाहुल्य रहेका वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।