काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । आइसीसी विश्वकप लिग २ को आगामी सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। बन्द प्रशिक्षणमा अधिकांश राष्ट्रिय टोलीमा नियमित खेलिरहेका खेलाडीहरू रहेका छन्।

बागमती प्रदेशका शीर्षक्रमका ब्याटर इशान पाण्डे पनि यसपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन्। त्यस्तै, विश्वकप २०२६ मा नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका शेर मल्ल पनि एकदिवसीय प्रतियोगिताको लागि पनि बन्द प्रशिक्षणमा बोलाइएका छन्। जारी जय ट्रफीमा इशानले राम्रो प्रदर्शन गरिरहेका छन्। उनी बाहेक बायाँ हाते मध्यम गतिका बलर रिजन ढकाल, हेमन्त धामी, शाहब आलम, आकाश चन्द र अर्जुन साउद जस्ता खेलाडीहरू बन्द प्रशिक्षणमा समेटिएका छन्।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजबंशी, साहब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी