तेहरान ।इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण दिएको छ। एजेन्सीका अनुसार आयातुल्ला अली खामेनी शनिबार बिहान सबेरै आफ्नो कार्यालयमा मारिएका जनाएको छ ।
‘तोकिएको जिम्मेवारी निर्वाह गरिरहेकै बेला’ उनी मारिएका खुलेको छ । समाचारअनुसार इजरायली सेनाले खामेनीको घरमा ३० बम खसालेको खुलेको छ।
द बाल स्ट्रीट जर्नलका अनुसार, इजरायल र अमेरिकाका गुप्तचर एजेन्सीहरू लामो समयदेखि यस्तो अवसरको खोजीमा थिए, जब इरानका ठूला नेताहरू एउटै बैठकमा उपस्थित हुनेछन्।
शनिबार बिहान यस्तो अवसर प्राप्त भएको हो । इजरायली स्रोतका अनुसार तीन महत्वपूर्ण बैठकको जानकारी भेटिएको थियो, जसमा एउटा बैठकमा खामेनेई पनि सहभागी थिए।
रिपोर्टअनुसार अवसरलाई महत्वपूर्ण ठानी त्यही दिन हमला गरिएको थियो। इजरायली लडाकु विमानले खामेनीको घरमा करिब ३० बम खसाले, जसले भवन पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
सीबीएस न्यूजका अनुसार यस हमलामा करिब ४० इरानी अधिकारी मारिएका छन्। मारिनेमा खामेनी निकट सल्लाहकार अली शमखानी, रिभोल्युसनरी गार्डका कमाण्डर मोहम्मद पाकपुर र रक्षा मन्त्री अजीज नसीरजादेह पनि रहेको बताइएको छ।