काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको जितहार देशको जितहारसँग जोडिएको बताएका छन्।

आइतबार झापा-५ मा आयोजित कार्यक्रममा भट्टराईले ओलीको जितहार एमालेसँग मात्र सम्बन्धित नभइ देशको जितहारसँग जोडिएको बताएका हुन्।

उनले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ।’

ओलीले जिते देशको स्वाभिमान, राष्ट्रियतालाई माथि उठाउने उनले बताए।

भट्टराईले स्थानीय तहदेखि संघसम्म कोही संसद, कोही पार्टीमा बसेर साथै केहीले जनसंगठनमा रहेर आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उल्लेख गरे।