काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

तेहरान। इरानको सेना प्रमुख अब्दोलरहिम मूसावी अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएको पुष्टि भएको छ।

मूसावी यसअघि अली खामेनीको मृत्युसँगै लक्षित वरिष्ठ नेता र सैन्य प्रमुखहरूको सूचीमा समावेश भएको उल्लेख गरिएको छ।

इरानी सरकारी टेलिभिजनका अनुसार मूसावीको मृत्यु रक्षा मन्त्रालय, रिभोल्युसनरी गार्ड र रक्षा परिषद् उपाध्यक्षलगायत अन्य वरिष्ठ अधिकारीहरूसँगै हवाई आक्रमणको क्रममा भएको हो।

थप विवरण र अन्य नामहरूको औपचारिक घोषणा पछि गरिने सरकारी टेलिभिजनले जनाएको छ।