काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ।

इजरायल, अमेरिका र इरानबीच जारी युद्धका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले इजरायल, अमेरिका र इरानबीच जारी युद्धका तनावलाई ध्यानमा राख्दै ती देशमा तत्काल श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए।

वैदेशिक रोजगारीका लागि सम्बन्धित देश जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका श्रमिकहरूलाई समेत सुरक्षा स्थितिका कारण घर फर्कन सरकारले अनुरोध गरेको छ।

श्रम मन्त्रालयले नेपाली श्रमिकहरूको समस्या सुन्न र आवश्यक जानकारी प्रदान गर्न आफ्नो कल सेन्टरलाई २४सै घण्टा सक्रिय बनाएको जनाएको छ।

इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ।