काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

२१ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। कर्णालीमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत मत खसेको छ।

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार १ बजेसम्म तीन लाख १८ हजार ३०२ मत खसेको हो।

प्रदेशमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या छ। जसमध्ये हालसम्म ३० प्रतिशत मत खसेको उनले बताए।

गुरुङका अनुसार सुर्खेत १ मा ३०.७२, सुर्खेत २ मा ३१.५३, दैलेख १ मा २१.९१, दैलेख २ मा १६.८३ प्रतिशत मत खसेको छ।

यस्तै जाजरकोटमा ३४.०२, सल्यानमा ३३.५७, रुकुमपश्चिममा ३४.५३, कालीकोटमा २६.७२, जुम्लामा ३१.२० प्रतिशत मत खसेको छ।

यस्तै मुगुमा ३७.५५, डोल्पामा ३४.०५ र हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ।

गुरुङका अनुसार कर्णालीमा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।