जनकपुर। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो १ बजेसम्ममा डेढ लाख मतदाताले मतदान गरेका छन्।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार दिउँसो १ बजेसम्ममा एक लाख ५० हजार ४६१ जनाले मतदान गरेका छन्। जसमा ७७ हजार १८४ जना महिला र ७३ हजार २७७ जना पुरुषले मतदान गरेका छन्।
महोत्तरी क्षेत्र १ मा १२ हजार ४२२ जना महिला र ११ हजार २६८ जना पुरुष गरी २३ हजार ६९० जनाले मतदान गरेका छन्।
यस्तै क्षेत्र २ मा ११ हजार ४१४ जना महिला १० हजार ९१७ जना पुरुष गरी २२ हजार ३३१ जनाले मतदान गरेका छन्। क्षेत्र ३ मा २६ हजार ४०७ जना महिला, २५ हजार ८९० जना पुरुष गरी ५२ हजार २९७ जनाले मतदान गरेका छन्।
यस्तै क्षेत्र नम्बर ४ मा १५ हजार ४६१ जना महिला, १५ हजार ७९८ जना पुरुष गरी ३१ हजार ९२८ जनाले मतदान गरेका छन्।