प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। देशभर दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान भएको छ।
आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ। अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उल्लेख गरे।
देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ। मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन्।