काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेका छन्।
उनले निर्वाचन सफल भएसँगै मुलुकको जटिल परिस्थितिले निकास पाएको बताएका हुन्।
निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, नेपाली सेनासहित सबै सुरक्षा निकाय, राजनीतिक दल, आममतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध सबै पक्षसहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति पौडेलले धन्यवाद प्रकट गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।