काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

निर्वाचन परिणाम

‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई स्वागत

२२ फाल्गुन २०८२
विश्वप्रकाश शर्मा।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई स्वीकारेका छन्।

चुनावी प्रारम्भिक मतपरिणामअनुसार पार्टीले पराजय बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन्।

उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन्।

उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन्। उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए।

रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो। ०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो।

यसो लेखेका छन् उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समा :
मतदाताको फैसला स्वीकार्य छ !
‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई स्वागत। ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ। जय नेपाल