सुर्खेत। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै छ। एक हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत ल्याएर अग्रस्थानमा छन्।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी ४३५ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसका उम्मेदवार दीपबहादुर शाही १५४ मत पाएर तेस्रो स्थानमा छन्।
नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ७२ मत पाएका छन्। रास्वाका उम्मेदवार विनिता कठायतले ९ मत पाएकी छन्।