चितवन। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर १ मा दुई हजार ८३० मत गणना हुँदा नेकपा एमालेका दावा दोर्जे लामाले ९६३ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन्।
नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ७३९ मत प्राप्त गर्दा रास्वपाका हरि ढकालले ४८३ मत ल्याएका छन्। नेकपाका कृष्ण पन्तले ३१० मत प्राप्त गरेका छन्। मतगणना जारी छ।