प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। नेपाली कांग्रेसले मुस्ताङबाट जितको सुरुवात गरेको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।
गौचनले तीन हजार ३०७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधार डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरिन्। त्यस्तै यस क्षेत्रमा रास्वपाका अद्वितीयचन्द्र थकालीले ७५९ मत पाएका छन्।
गौचन विघटित प्रतिनिधिसभा सदस्य थिए। उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।
