काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि ढकालले १ हजार ७९१ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
नेकपा एमालेका दावा दोर्जे लामाले एक हजार ६१७ मतसहित दोस्रो स्थानमा छन्। यसैगरि नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले एक हजार ४४९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। मतगणना जारी छ।