देवदह। रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार प्रमोदकुमार यादव अगाडि छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ १८ हजार ४३७ मत गनिसक्दा यादवले पाँच हजार ५९७ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले चार हजार ६२० र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बानियाँले चार हजार ५४८ प्राप्त गरेका छन्।
यसैगरी, जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले एक हजार ६१९ मत प्राप्त गरेका छन्। यहाँ एक हजार ३५ मत बदर भएको छ।