चितवन। चितवन २ को मतगणना जारी छ। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
चितवन २ मा रास्वपाका सभापतिसमेत रहेका लामिछानेले पछिल्लो मतपरिणामअनुसार १० हजार ८२२ मत प्राप्त गरेका छन्। २० हजार ३३१ मत गनिसक्दा रविको पक्षमा यस्तो नतिजा आएको हो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले तीन हजार २२७ मत पाएकी छन्।
यसैगरी, नेकपा (एमाले)का अस्मिन घिमिरेले दुई हजार ८४६ मत र नेकपाका प्रताप गुरुङले एक हजार ८४४ मत पाएका छन्।