विराटनगर। कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १४ निर्वाचन क्षेत्रमध्ये १३ वटामा जारी मतगणनामा रास्वपाको अग्रता छ। सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयका अनुसार झापाका पाँच, मोरङका ६ र सुनसरीका तीन क्षेत्रमा रास्वपाले अग्रता कायमै राखेको हो।
झापा १ मा निशा डाँगी, क्षेत्र नं. २ मा इन्दिरा राना मगर, क्षेत्र नं. ३ मा प्रकाश पाठक, क्षेत्र नं. ४ मा शम्भु ढकाल र क्षेत्र नं. ५ मा बालेन्द्र शाहको अग्रता कायमै छ। मोरङ १ मा यज्ञमणि न्यौपाने, क्षेत्र नं. २ मा कृष्णकुमार कार्की, क्षेत्र नं. ३ मा गणेश कार्की, क्षेत्र नं. ४ मा सन्तोष राजवंशी, क्षेत्र नं. ५ मा उषा झा र क्षेत्र नं. ६ मा रुविना आचार्य अगाडि छन्।
सुनसरी १ मा गोमा तामाङ, क्षेत्र नं. २ मा लालविक्रम थापा र क्षेत्र नं. ३ मा अशोक चौधरी अगाडि छन्। सुनसरी ४ मा गणना सुरु भएको छैन।