काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी भएका छन्। योसँगै सबैभन्दा धेरै स्थानमा पनि रास्वपाले अग्रता लिएको छ।

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा रास्वपाका तीन र नेपाली कांग्रेसका एक उम्मेदवार विजयी भएका हुन्। काठमाडौँ १ बाट रास्वपाकी रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्। यस्तै, काठमाडौँ ६ बाट रास्वपाका शिशिर खनाल २७ हजार ७११ मत प्राप्त गर्दै विजय भएका छन्।

काठमाडौँ ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भए। उनले २४ हजार ५९२ मत प्राप्त गरे। मुस्ताङबाट भने नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भए। गौचनले तीन हजार ३०७ मत पाएका छन्।

आयोगका अनुसार रास्वपाका १०२ उम्मेदवार अग्रस्थानमा छन्। नेपाली कांग्रेस ११ र नेकपा एमालेका १२ उम्मेदवार अग्रस्थानमा छन्। नेकपाका १० उम्मेदवारले अग्रता लिइरहेका छन्।

श्रम संस्कृति पार्टीका चार उम्मेदवारले अग्रता लिइरहँदा राप्रपा‚ प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्रका एक-एक उम्मेदवारले अग्रस्थान कायम गरेका छन्।

यो पनि…

११ महिला उम्मेदवारको अग्रता


प्रतिनिधिसभा निर्वाचन

२२ फाल्गुन २०८२
रन्जु न्यौपाने‚ शिशिर खनाल र सस्मित पोखरेल (बायाँबाट क्रमश:)। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै स्थानमा अग्रता लिएको छ।

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा रास्वपाका तीन र नेपाली कांग्रेसका एक उम्मेदवार विजयी भएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्। यस्तै काठमाडौँ ६ बाट रास्वपाका शिशिर खनाल २७ हजार ७११ मत प्राप्त गर्दै विजय भएका छन्।

यस्तै काठमाडौँ ५ बाट रास्वपाका सस्मित पोखरेल १७ हजार २०५ मतसहित विजयी भएका छन्। मुस्ताङबाट भने नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भए। उनले तीन हजार ३०७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्रधार डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरिन्।

आयोगका अनुसार रास्वपाका १०२ उम्मेदवार अग्रस्थानमा छन्। यस्तै नेपाली कांग्रेस ९ र नेकपा एमालेका ११ उम्मेदवार अग्रस्थानमा छन्। नेकपाका १० उम्मेदवारले अग्रता लिइरहेका छन्।

श्रम संस्कृति पार्टीका चार उम्मेदवारले अग्रता लिइरहँदा राप्रपा‚ प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्रका एक-एक उम्मेदवारले अग्रस्थान कायम गरेका छन्।

यो पनि…

११ महिला उम्मेदवारको अग्रता