काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ फाल्गुन २०८२
विराजभक्त श्रेष्ठ। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ काठमाडौँ ८ बाट विजयी भएका छन्।

श्रेष्ठले नेकपाका उम्मेदवार सुमन सायमीलाई २१ हजार ३७५ मतान्तरले हराएका हुन्। श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरे। उनको निकटतम प्रतिस्पर्धी सायमीले तीन हजार २१७ मत पाए।

श्रेष्ठ यसअघि भएको पनि सोही क्षेत्रबाट विजयी भएका थिए। यसपटकको निर्वाचनमा कांग्रेसकी सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गरिन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार राजेश शाक्यले एक हजार ९०९ मत मात्रै प्राप्त गरे।