काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
टेकबहादुर गुरुङ। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ दुई हजार ४१५ मत ल्याउँदै विजयी भएका छन्।

गुरुङले नेकपाकी यशोदा सुवेदीलाई एक हजार ९६९ मतान्तरले पराजित गरे । नेकपाकी सुवेदीले ४४६ मत प्राप्त गरिन्। ७१ वर्षीय गुरुङ दोस्रोपटक सांसद निर्वाचित भएका हुन्।

यसअघि उनी २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भएका थिए। म्यानपावर व्यवसायी गुरुङ दोस्रो संविधासनभा गठित सुशील कोइरालाको नेतृत्वको सरकारमा श्रममन्त्री बनेका थिए।

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमितता गरेको आरोपमा २१ माघ २०७५ मा दर्ता भ्रष्टाचार मुद्दा विचाराधीन छ। गुरुङविरुद्ध ३१ करोड रुपैयाँको बिगो छ। उनी केही समय जेल पनि परे। पछि पाँच लाख रुपैयाँ धरौटीमा छाडियो।

विशेष अदालतले १६ फागुन २०७९ मा गुरुङसहितलाई दोषी ठहर्‍यायो। उनले सर्वोच्चमा सांसद हुन पाउने माग गर्दै रिट दर्ता गरे। सर्वोच्चले ‘सार्वजनिक ओहोदाको व्यक्ति पदमा आएपछि निलम्बन गर्नु नपर्ने’ व्याख्या गरिदियो। उनी सांसद छिर्ने मौका पाएलगत्तै संसद् विघटन भयो।

प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि गुरुङले शपथग्रहण गर्न पाउने छैनन्।