काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सबै मतपेटिका संकलन हुन ढिलाइ हुँदा मतगणना सुरु हुनसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका सबै मतदान केन्द्रबाट अझैसम्म मतपेटिका जिल्ला सदरमूकाम पुर्‍याउन सकिएको छैन ।

चुमनुव्री गाउँपालिकामा २३ मतदान केन्द्र छन् । ती केन्द्रका मतपेटिका शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्न सुरु गरिएको थियो । तर, खराब मौसमका कारण सबै ठाउँको मतपेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिए ।