काठमाडौँ। बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनारले झन्डै दोब्बर मतले अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले १९ हजार ८४१ मत प्राप्त गरेका छन्। उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १० हजार ४०९ मत पाएका छन्।
यसैगरी नेपाली कांग्रेसका अमरसिंह पुनले पाँच हजार ६१९ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार जीएमले दुई हजार १२७ मत पाएका छन्।
रास्वपाका नेता सुनारको पृष्ठभूमि पत्रकारिता पनि हो। उनी दलित आन्दोलनबाट उदाएका युवानेता हुन्।