जनकपुर। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत र उनका दाजु जयकान्त राउत दुवैजना निर्वाचनको मतगणनामा निकै पछाडि परेका छन्।
२०७९ को निर्वाचनमा सप्तरी २ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा उदाएका राउत भने यस निर्वाचनमा तेस्रो स्थानमा छन्। सोही क्षेत्रबाट उम्मेदवारी दिएका उनी दुई हजार ६८६ मत प्राप्त गरि तेस्रो स्थानमा छन्। पहिलो स्थानमा रास्वपाका उम्मेदवार रामजी यादव ६ हजार २७५ मतसहित छन् भने दोस्रोमा जसपा नेपालका उम्मेदवार उमेश यादव तीन हजार २७४ मतसहित छन्।
राउतका दाजु जयकान्त सप्तरी १ बाट उम्मेदवार छन्। उनी भने पाँचौँ स्थानमा छन्। उनले ७९९ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा पनि रास्वपाका उम्मेदवार पुष्पा चौधरी १० हजार ९१६ मतसहित अग्रस्थानमा छन्। राउत केही समय योजना आयोगका सदस्यसमेत रहेका थिए।