घोडाघोडी। कैलाली क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन्।
उनले १७ हजार ८२६ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले आठ हजार ३९२ मत प्राप्त गरेका छन्।