गुल्मी। गुल्मी क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले २३ हजार ४८१ मत ल्याएर अग्रता कायमै राखेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनका प्रतिस्पर्धी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमालेका प्रदीपकुमार ज्ञवाली १० हजार ८४० मतले पछि परेका छन्।
ज्ञवालीले १२ हजार ६४१ मत प्राप्त गरेका छन्। राष्ट्रिय राजनीतिमा अनुभव र पहिचान बनाइसकेका ज्ञवालीलाई नयाँ दलका रूपमा उदाएको रास्वपाका उम्मेदवारले फराकिलो मतान्तरले पछि पारेका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसका पुराना नेता चन्द्रकान्त भण्डारीले १० हजार १९२ मत प्राप्त गरेका छन्। गुल्मी १ मा कुल मतदाता एक लाख २२ हजार १८६ जना छन्।