भैरहवा। रुपन्देही जिल्लाको क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले आठ हजार ४३५ मत प्राप्त गरेका छन्।
नेकपा (एमाले)का उम्मेदवार वासुदेव घिमिरेले आठ हजार २७५ मत प्राप्त गरेका छन्।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले सात हजार ७८९ मत प्राप्त गरे।