डोटी। एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन्। उनले १४ हजार ८९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मत प्राप्त गरेका छन्।