काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
तस्बिर स्रोत : निशा अधिकारीको फेसबुक पेज
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फकी उम्मेदवार तथा अभिनेत्री निशा अधिकारीले निर्वाचनमा पराजित भएपछि पनि आफ्नो राजनीतिक यात्रा जारी रहने संकेत गरेकी छन्।

आफ्नो फेसबुक पेजमार्फत सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै उनले हारपछि आफ्नो यात्रा समाप्त नभएको बताएकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल ३० हजार ७३७ मत पाएर विजयी हुँदा गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले मात्र ९१ मत प्राप्त गरिन्।

‘लोकतन्त्रमा चुनाव केवल जित-हारको प्रतिस्पर्धा मात्र होइन, विचार, एजेण्डा र विश्वासको अभ्यास पनि हो,’ उनले लेखेकी छन्, ‘यस चुनावमा मलाई साथ दिनुहुने, प्रोत्साहन गर्नुहुने, सुझाव दिनुहुने र आलोचना गरेर अझ राम्रो बनाउन खोज्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन्छु।’

उनले विजेता पोखरेललाई समेत हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।

यस पटक प्रतिनिधिसभाभित्र बलियो प्रतिपक्ष कमजोर हुने सम्भावनालाई इंगित गर्दै उनले यस्तो अवस्थामा नागरिकको आवाजलाई जोगाउन सडकबाट बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिकाको खाँचोसमेत औँल्याइन्।

चुनावमा महिलाको पराजयलाई निरुत्साहित गर्न नहुने समेत उनको विचार छ। उनले भनेकी छन्, ‘बरु यसले हामीलाई अझ धेरै काम गर्नुपर्ने सन्देश दिएको छ।’