गुल्मी। गुल्मी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै जित हात पारेका छन्।
उनले पुराना दलका अनुभवी भनिएका उम्मेदवारलाई पछि पारेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रदीप ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन्।
कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ र नेकपाका सुदर्शन बरालले तीन हजार १७६ मत ल्याए।