काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
प्रकाश पाठक।
अ+
अ-

विराटनगर। झापा ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन्।

३७ वर्षीय पाठकले स्थापित राजनीतिक दलका ‘हेभिवेट’ उम्मेदवारहरूलाई पछि पार्दै सानदार जित दर्ता गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत मात्र प्राप्त गरे। पाठकले लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गरेका हुन्।

त्यसैगरी, प्रतिस्पर्धामा रहेका अन्य ठूला दलका उम्मेदवारहरूको अवस्था पनि कमजोर देखिएको छ। नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे आठ हजार ९९९ मतका साथ तेस्रो स्थानमा रहे भने नेकपा (एमाले)का हरिबहादुर राजवंशीले सात हजार ४९२ मत मात्र प्राप्त गरे।

राप्रपाका अध्यक्ष र कांग्रेस-एमालेजस्ता स्थापित शक्तिलाई पछि पार्दै पाठकको यस जितले झापामा रास्वपाको बढ्दो प्रभावलाई थप पुष्टि गरेको छ।