काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुर। जनता समाजवादी पार्टीका वरिष्ठ नेता शरत्‌सिंह भण्डारीले अहिलेको निर्वाचनको परिणामलाई सत्ता परिवर्तन मात्रै नभएर जनताको मौन विद्रोह रहेको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले अहिलेको जनादेश सत्ता परिवर्तन मात्र नभई जनताको मौन विद्रोह रहेको बताए। यो जनादेश व्यक्ति परिवर्तनमा सीमित नभई राज्यको थिति, सोच र कार्यशैलीमा सकारात्मक बदला ल्याओस् भन्ने आफू आशावादी रहेको बताएका छन्।

उनले मधेस आन्दोलन र मधेसवादी शक्तिहरूको दृढ अडानबाट प्राप्त संघीयता, समानुपातिक समावेशीता र पहिचानमा आधारित अधिकारजस्ता ऐतिहासिक उपलब्धिलाई थप सुदृढ र संस्थागत गर्नु आजको आवश्यकता रहेको बताएका छन्।

यो पनि…

शरतसिंह भण्डारीको संसद् यात्रामा ब्रेक

भण्डारीले भने‚ “आफ्नो सामर्थ्यले भ्याएसम्म विकासका अपेक्षा पूरा गर्ने प्रयास पनि गरिरहेको र यद्यपि अझ धेरै उपलब्धि हासिल गर्न सकिन्थ्यो, कतिपय ठाउँमा रणनितिक र कार्यनितिक कमजोरी भएको हुन सक्ने र त्यसलाई स्वीकार गरेको छु‚” उनले भनेका छन्।

भण्डारी महोत्तरी २ मा उम्मेदवार रहेका छन्। उनी रास्वपाका उम्मेदवारभन्दा मतगणनामा निकै पछाडि छन्। यो क्षेत्रमा रास्वपाका उम्मेदवार दीपककुमार साहले २९ हजार ८७१ मत प्राप्त गरेका छन्। भण्डारीले नौ हजार २९४ मत प्राप्त गरे।