काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
शिवशंकर यादव।
अ+
अ-

सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका नवीन यादवले ६ हजार ७१३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मुक्तिनारायण सिंहले तीन हजार ६८० मत पाए। निर्वाचन कार्यालयका अनुसार सिरहा २ मा कुल ७३ हजार १७५ मत खसेको थियो।